१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

२१ अधिकृतको सरूवा, नुवाकोटको शिवपुरी र ककनीका प्रशासकीय अधिकृत फेरिए

१५ साउन, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार नेपाल प्रशासन सेवाका शाखा अधिकृत, प्रमुख प्रशासकीय अधिकृत तथा एक कम्प्युटर इन्जिनियर गरी विभिन्न कर्मचारीलाई संघीय मन्त्रालय, जिल्ला समन्वय समिति, स्थानीय तह तथा अन्य सरकारी निकायमा सरुवा गरिएको हो।

निर्णयअनुसार केही कर्मचारीलाई गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, जिल्ला समन्वय समिति तथा विभिन्न गाउँपालिका र नगरपालिकामा कामकाज गर्न खटाइएको छ।

सरुवा सूचीमा शाखा अधिकृत, प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूलाई मन्त्रालयको प्रशासनिक आवश्यकताअनुसार नयाँ जिम्मेवारी दिइएको उल्लेख छ। मन्त्रालयका अनुसार सरुवा तथा कामकाज सम्बन्धी निर्णय २०८३ साउन १५ गतेबाट लागू हुने गरी गरिएको हो।

नुवाकोटको शिवपुरी गाउँपालिकामा सुदीप सापकोटा प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका छन । यसअघि सामान्य प्रशासन मन्त्रालयमा लामो समय स्थानीय निकायको समन्वयमा नै काम गरेका सापकोटा शिवपुरीको  प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका हुन । त्यस्तै ककनीको प्रमुख प्रशासकीय अधिकृतमा खगेन्द्र पाैडेल सरूवा भएका छन ।

प्रकाशित मिति : July 31, 2026 at 8:33 pm