१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

राष्ट्रपतिबाट प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

१४ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो ।

dainiki.com

त्यस्तै ओखलढुङ्गाका गुरुप्रसाद वाग्ले र काठमाडौंका डा. राजीव सुव्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ ।

प्रकाशित मिति : July 30, 2026 at 6:03 pm