जनकपुरमा पनि कर्फ्यू
१४ साउन, काठमाडाैं । स्थिति नियन्त्रणबाहिर जान सक्ने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिकासबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको बताए ।

प्रकाशित मिति : July 30, 2026 at 2:56 pm



