उपेन्द्र महतोमाथि सीआईबीले गर्यो सोधपुछ
१४ साउन, काठमाडौं । व्यवसायी उपेन्द्र महतोमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधपुछ गरेको छ । स्मार्ट टेलिकम र एनसेल प्रकरणमा सोधपुछका लागि महतोलाई बोलाइएको सिआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले बताए ।

स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानि नोक्सानी पुर्याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । यही प्रकरणमा गत वैशाख २२ गते तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी, पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रकाशित मिति : July 30, 2026 at 1:24 pm



