१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

१४ साउन, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदको बैठक आज बस्दैछ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहकाे अध्यक्षतामा बैठक आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने  छ ।

dainiki.com

बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछ । राष्ट्रिय सुरक्षा परिषद्‍मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ ।

प्रकाशित मिति : July 30, 2026 at 10:44 am