२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालद्धारा चीनसामु ७८ रनको लक्ष्य प्रस्तुत

१३ फागुन, काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालले चीनसामू ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । चीनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनायो । काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरिन् ।

सीता व्यक्तिगत ११ रनमा आउट भइन् । थप दुई रन जोड्दा काजल पनि १८ रनमा आउट भइन् । त्यसपछि नेपालले लगातार विकेट गुमायो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार १४:३३