१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

राष्ट्रपति भेट्न शीतल निवास पुगे रास्वपा सभापति रवि लामिछाने

१३ साउन,  काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।  सभापति लामिछाने र राष्ट्रपति पौडेलबीच आज मध्याह्न कुराकानी भएको हो।

सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकबारे जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : July 29, 2026 at 12:59 pm