दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
११ साउन, काठमाडौँ । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।
सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासले उच्च अदालत पाटन र विशेष अदालतबाट भट्टलाई थुनामा पठाउनुको कारण र आधारसहितको कैफियत प्रतिवेदन मगाउने आदेश दिएको हो ।

भट्टले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत पाटन र विशेष अदालतको आदेश बदरको माग गर्दै शुक्रबार सर्वोच्चमा निवेदन दिएका थिए । उनले दुवै अदालतको आदेश बदर गरी रिहा गर्न माग गरेका छन्।
प्रकाशित मिति : July 27, 2026 at 2:42 pm



