५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

लिबियामा जनमत संग्रहसम्बन्धी कानुन बनाउने तयारी


४ फागुन, काठमडौँ । लिबियाको संविधान सभाले जनमत संग्रह सम्वन्धी कानुन निर्माण गर्न बिहीबार संसदको अधिवेशन आह्वान गरेको छ । “संविधान सभाले मस्यौदा संविधान पारित गर्न खोजीरहेको छ, तर त्यसले जनताको मतलाई समेट्न असमर्थ भएकोले हामी जनमत संग्रहका लागि कानुन बनाउदै छौँ” लिबियाको संविधान सभाका प्रमुख नूह अब्दुल्लाहद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

“जनमत संग्रह सम्वन्धी कानुनका बारेमा निर्णय गर्न हामीले संसदको बैठक आह्वान गरेका छौं,” उहाँले भन्नुभयो । जनमत संग्रहका लागि सहयोग गर्न सवै राज्यका निकायहरु र अन्तर्रा्ष्ट्रिय समुदायलाई पनि अब्दुल्लाहले आग्रह गर्नुभएको पनि उक्त वक्तव्यलाई उद्धृतगर्दै समाचारमा जनाइएको छ ।

शान्तिपूर्ण तरिकाले शक्ति हस्तान्तरण र अधिकार र स्वतन्त्रताको सुनिश्चित गर्न जनमत संग्रह गर्नुपर्ने भएको हो । यहाँको संविधान लेखनमा कतिपय विषयहरुमा नागरिकको अहसमति रहेकोले जनमत संग्रहको माग गरिएको हो । गत जुलाईमा भएको मतदानमार्पmत संविधान सभाले मस्यौदा संविधान संसदमा पठाएको छ । तर त्यसलाई अन्तिम रुप दिन जनताको सहमति आवश्यक परेको हो ।

यहाँको सर्वाेच्च अदालतले मतदान भई तयार गरिएको मस्यौदा संविधानलाई शंकाको घेरामा राखेको थियो । त्यसैले संविधान पारित गर्न सांसदहरुलाई समस्या भएको छ । तर पनि सर्वोच्च अदालतले संविधान सभा सम्वन्धी विषयमा सुनुवाई गर्नु उचित नहुने निर्णय बुुधबार गरेको छ । तर जनमत संग्रहबाट विवादास्पद विषयहरुको टुंगो लगाउन सहमति दिएको पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार १९:०२