३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

२२ सार्वजनिक बिदा कटौती गर्ने मन्त्रिपरिषद्को निर्णय, अझै वार्षिक ८९ दिन बिदा बाँकी


१५ चैत, काठमाडौं । सरकारले गृह मन्त्रालयको प्रस्तावमा सार्वजनिक बिदामा भारी कटौती गरेको छ । सूचना तथा सञ्चार प्रबिधिमन्त्री गोकुल बास्कोटाको अनुसार बुधबार साँझ सम्पन्न मन्त्रिपरिषद्को बैठकले २२ दिन सार्वजनिक विदा कटौती गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यो निर्णयसँगै २०७५ सालमा सरकारी कार्यालय २२ दिन बढी खुल्ने राज्यमन्त्री गोकुल बास्कोटाले दैनिकीलाई जानकारी दिए । अब २०७५ सालमा सार्वजनिक विदा ८९ दिन हुनेछ ।

यसमा सबैका लागि ६७ दिन र कुनै खास धर्म र सम्प्रदायका लागि हुने विदा २२ दिनछ । २०७४ सालमा कुल १०४ सार्वजनिक विदा थियो । यो वर्ष पुरै विदा भएका १० वटालाई आंशिक बनाइएको छ भने १२ वटा विदा पूर्ण रुपमा कटौती भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार २२:०८