५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

कीर्तिपुरमा कारभित्रै जल्ने व्यक्तिको पहिचान खुल्यो

५ साउन, काठमाडौं । कीर्तिपुरमा कारभित्रै जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ । मंगलबार कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको कारभित्र जलेर मृत्यु हुने व्यक्ति  ७० वर्षीय सुरेशचन्द श्रेष्ठ रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

dainiki.com

उनी कारधनी समेत रहेको प्रहरीले बताएको छ । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 21, 2026 at 5:38 pm