चोभारमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए
५ साउन, काठमाडौं । काठमाडौँको चोभारमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किएका छन् । मंगलबार कीर्तिपुर नगरपालिकाको चोभारस्थित सडकमा तीन वटा सवारी साधन दुर्घटनामा परेका हुन्।

पानी बोकेको ट्यांकर र बस ठोक्किएका थिए। त्यस्तै एउटा मोटरसाइकलमा पनि क्षति पुगेको छ। बससँग ठोक्किएर ट्यांकर सडकमै पल्टिएको छ। बसको अघिल्लो भागमा क्षति पुगेको छ। घटनामा क्षतिबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति : July 21, 2026 at 1:13 pm




