५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

भूमिहीन र सुकुमबासीलाई जग्गा प्राप्तिका लागि ३५ दिने सूचना

४ साउन, काठमाडौं । भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि जग्गा प्राप्ति र व्यवस्थापन सम्बन्धी ३५ दिने अन्तिम सूचना जारी गरेको छ।

dainiki.com

समितिले सोमबार निकालेको सूचनामा तोकिएका स्थानीय तहका लक्षित वर्गलाई जग्गा पाउनका लागि निवेदन दिन आह्वान गरेको हो । भूमिहीन दलित र सुकुमबासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सरकारको योजना अनुरूप प्रक्रिया थालिएको समितिले जनाएको छ ।

 

प्रकाशित मिति : July 20, 2026 at 1:45 pm