१६ वर्षपछि स्पेनले उचाल्यो विश्वकपको उपाधि
४ साउन, काठमाडाैँ । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई हराउँदै स्पेनले विश्वकपको उपाधि उचालेको छ । अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि उचालेको हो । यसअघि स्पेनले सन् २०१० मा नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपमा जित हात पारेको थियो ।
यो पटक १६ वर्षपछि स्पेन नक आउट चरणमा प्रवेश गरेको थियो । अन्ततः उपाधि पनि स्पेनले नै उचालेको छ । खेलको ११६ औँ मिनेटमा स्पेनका निको विलियम्सले दिएको पासलाई फरान टोरेसले गोलमा परिणत गर्दै टोलीलाई जित दिलाए ।त्यसअघि अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले स्पेनका दर्जन प्रहारलाई निष्प्रभावी बनाइदिएका थिए ।
स्पेन र अर्जेन्टिनाबीचको खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित ९० औँ मिनेटको खेलमा कुनै पनि गोल हुन नसकेपछि खेल अतिरिक्ति समयमा धकेलिएको हो ।

इन्जो फर्नान्डिजले दुईवटा पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० सदस्यमा समेटिएको थियो । अर्जेन्टिनाले अनसटक टार्गेट एउटा पनि प्रहार गर्न नसेको खेलमा स्पेनले १२ वटा अन सट टार्गेट प्रहार गरेको थियो ।
प्रकाशित मिति : July 20, 2026 at 3:57 am





