३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

रक्सी खाएर कार्यालय जाने एमाले नेता एवं मेचीनगरका वडा वडाध्यक्ष तिलक न्यौपाने पक्राउ


१४ चैत, झापा । मादक पदार्थ सेवन गरेको आरोपमा मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलक न्यौपाने आज पक्राउ परेका छन ।अभियुक्त वडाध्यक्ष न्यौपानेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।

पटक पटक मापसे गरी कार्यालयमा आउने गरेका वडाध्यक्ष न्यौपानेलाई बुधबार दिउँसो सेवाग्राहीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उहाँलाई कार्यालयबाटै पक्राउ गरेको थियो ।

मेची आम्दा अस्पताल धुलाबारीमा जाँच गर्दा वडाध्यक्षले मापसे गरेको पुष्टि भएको थियो । न्यौपाने नेकपा(एमाले)का तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार २०:१२