१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

१ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था र व्यक्तिसँग संवादको क्रमलाई आज पनि निरन्तरता दिएका छन् । आज उनले जुत्ता व्यवसायी सङ्घ (फुटवेयर एसोसिएसन) का पदाधिकारीसँग छलफल गर्दै छन् ।

dainiki.com

प्रधानमन्त्री शाहले केहीबेरपछि एसोसिएसनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रूद्र न्यौपाने, सल्लाहकार कालीदास गौतमलगायतसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्वदेशी जुत्ताचप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका चुनौती र नीतिगत सुधारका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : July 17, 2026 at 10:50 am