३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

पूर्वपत्रकार राजेश अहिराज बलात्कारी ठहर

३१ असार, काठमाडौँ । मधेश प्रदेका पूर्व प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कारी ठहर भएका छन । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई दोषी ठहर गरेको हो ।

पूर्वपत्रकार तथा मधेशवादी राजनीतिज्ञ अहिराजलाई  इजलासले दोषी ठहर गरेपनि सजाय भने आगामी असार ३२ गते निर्धारण गर्ने भएको छ । पनि हुन् । उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ मा मधेश प्रदेश प्रमुख पदमा नियुक्त गरेको थियो । उनले लामो समय ओलीको प्रिय पात्र बनेर काम गरेका थिए ।

ओलीकै सत्ताको प्रभावमा अहिराजले पीडितकैविरूद्धमा मुद्दा हालेर आफू जोगिने प्रयास समेत गरेका थिए । उनले एक महिलालाई २०८१ जेठ ४ मा काठमाडौंको नयाँबानेश्वरस्थित डेरामा बलात्कार गरेको अभियोग थियो ।

अध्ययनको लागि काठमाडौँ आएकी ति युवतीसँग जरुरी कुरा गर्नुछ भन्दै झा कोठामा प्रवेश गरेर पानी पिएको र त्यसपछि मुख थुनेर बलात्कार गरेको पीडितले बयानका क्रममा बताएकी छिन् । उनले अहिराजले मार्ने धम्की दिदै आफूलाई करणी गरेको पनि बताएकी छिन ।

अहिराज २०८२ साउन ४ गते पक्राउ परेका थिए ।  प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा अभियोजन गरेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले २०८२ साउन १४ मा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अहिले उनी डिल्लीबजार कारागारमै रहेका छन ।

प्रकाशित मिति : July 15, 2026 at 2:36 am