सञ्चार माध्यमका कार्यालयमा शंकास्पद गाडी राखिएकोप्रति एमालेको आपत्ति
२९ असार, काठमाडौं । नेकपा एमालेले विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूलगेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई आतङ्कित पारिएको भन्दै आपत्ति जनाएको छ ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले प्रेस नोट लेख्दै सञ्चारकर्मीलाई आतंकित पार्नेगरी गाडी राखिएकोप्रति आपत्ति जनाएका हुन् । ‘कार्यालय गेटमा सवारी साधन तेर्स्याएर पत्रकारहरुको आवातआवात ठप्प पारिएको यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो,’ आचार्यले लेखेका छन्, ‘स्वतन्त्र रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो ।’
एमालेले सञ्चार क्षेत्रलाई भयभित बनाउने कामप्रति भर्त्सना गरेको छ । उनले भनेका छन्, ‘सञ्चार गृह र पत्रकारलाई भयभीत बनाउने र काममा अवरोध पुर्याउने यो निन्दनीय र रहस्यमय घटनाको भर्त्सना गर्दछौ ।’
प्रकाशित मिति : July 13, 2026 at 4:02 pm





