राससका करिब दुई सय स्ट्रिन्जर र विशेष स्ट्रिन्जरको नियुक्ति खारेज
२६ असार, काठमाडाैँ । राष्ट्रिय समाचार समिति (रासस)का करिब दुई सय स्ट्रिन्जर र विशेष स्ट्रिन्जरको नियुक्ति खारेज भएको छ । रासस सञ्चालक समितिले १०३ जना स्ट्रिन्जर नियुक्तिका लागि विज्ञापन गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले दिएको निर्देशन अनुसार अब राससले आवश्यक परेका स्ट्रिन्जर नियुक्तिका लागि विज्ञापन मार्फत भर्ना गर्नेछ । त्यसका लागि राससले १०३ जनाका लागि खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न विज्ञापन गरेको छ ।
राससले ७४ जिल्लामा ७४ जना, काठमाडाैँ उपत्यकाको तीन जिल्लाका लागि ९ जना समाचारदाता र ६ जना फोटोग्राफर माग गरेको छ । त्यस्तै सातै प्रदेश राजधानीहरूमा एक जना समाचारदाता र एक जना फोटो ग्राफर गरेर कुल १४ जनाका लागि विज्ञापन गरेको छ ।

प्रकाशित मिति : July 10, 2026 at 8:53 am





