राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास
२५ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । ती पुरुषको विस्तृत विवरण खुल्न बाँकी छ । आत्मदाह प्रयास गर्नुको कारण पनि खुलेको छैन ।
प्रकाशित मिति : July 9, 2026 at 2:43 pm





