१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक नलगाउन अदालतको आदेश

१९ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले एन्फा पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

dainiki.com

विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइ दिएको थियो। त्यसपछि उनीहरूले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), गृह सचिव, अध्यागमन विभागलाई विपक्षी बनाएर निवेदन दिएका थिए।

 

प्रकाशित मिति : July 3, 2026 at 5:57 pm