२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

पाकिस्तान सुपर लिगमा सन्दीप लामिछानेले लिए ३ विकेट

१० फागुन, काठमाडौं । पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट सन्दीप लामिछाने आफ्नो पहिलो खेलमै तीन विकेट लिएका छन् ।सन्दीपले मुलतान सुल्तान्ससँगको खेलमा  ३ विकेट लिएका हुन् । सन्दीपले विष्फोटक ब्याटिङ गरेका जेम्स भिन्चलाई ८४ रनमा क्याच आउट गराए ।


सन्दीपले दोस्रो विकेटको रुपमा सोइब मालिकलाई १० रनमा आउट गराए । तेस्रो विकेट लिने क्रममा सन्दीपले आन्ड्रे रुसेललाई ७ रनमा आउट गराए । सन्दीपले  ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार १८:५५