५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कतारले इराकमा मानवीय सहायता विषेश परियोजना सञ्चालन गर्ने


४ फागुन, काठमडौँ । कतारको रेडक्रस सोसाइटीले इराकमा मानवीय सहायता सम्वन्धी विषेश परियोजना सञ्चालन गर्ने भएको छ । सन् २०१८ मा २० लाख अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्ने तयारी गरेको राज्यद्धारा सञ्चालित कतार न्युज एजेन्सीले शुक्रबार जनाएको छ ।

सरोकारवालाहरुलाई नै परिचालन गरेर संस्थागत र व्यक्तिगत तहमा समुदायको सहयोगमा परियोजना सञ्चालन गरिने कतार रेडक्रस सोसाइटीले बिहीबार राती अवेर जारी गरेको वक्तव्यमा जनाइएको छ । कुवेतको प्रस्तावमा र आयोजनामा यसैहप्ता कतारमा अन्तर्रा्ष्ट्रिय दाता सम्मेलन सम्पन्न भएको थियो । उक्त सम्मेलनका क्रममा कतार रेडक्रस सोसाइटीले यस्तो घोषणा गरेको हो ।

सम्मेलन सकिएको दिन बिहीबार इराकले विभिन्न देशहरुबाट झण्डै तीस अर्ब अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता प्राप्त गरेको थियो । सहयोग प्रतिबद्धता गर्नेमा क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रिय संगठन र विभिन्न दाता राष्ट्र तथा संस्थाहरु पनि रहेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार १८:५९