रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री बालेन शाह
१० असार, चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै काठमाडौं फर्किएका छन् । चितवनको भरतपुरस्थित विमानस्थलबाट प्रधानमन्त्री शाह उनका परिवारका सदस्यहरूसहित आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका हुन्।

७ असारमा महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका बालेन ८ असारमा चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्र भ्रमण गरेका थिए ।
प्रकाशित मिति : June 24, 2026 at 12:47 pm







