९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमवासीलाई निर्देशन

९ असार, काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्देशन दिएको छ ।

dainiki.com

सोमबारदेखि शुक्रबारसम्म स्व: व्यवस्थापन गरी कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न भन्दै समितिले सूचना टाँसेको हो। यस अवधिमा कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बस्दै आएका छन्। प्रत्येक परिवारलाई स्व: व्यवस्थापनका लागि २५ हजार रूपैयाँ दिएर खाली गर्न भनेको बागमती सभ्यताका सूचना अधिकारी टोपबहादुर बानियाँले जानकारी दिए।

 

प्रकाशित मिति : June 23, 2026 at 3:44 pm