सार्वजनिक कार्यक्रममा गएर वडा अध्यक्ष कुट्ने पत्रकार ऐश्वर्य कुँवर पक्राउ
७ असार, कञ्चनपुर । सार्वजनिक कार्यक्रममा गएर वडा अध्यक्ष कुट्ने पत्रकार ऐश्वर्य कुँवर पक्राउ परेकी छिन । प्रेस युनियनकत्र नेता समेत रहेकी नेपाल पत्रकार महासंघ कञ्चनपुरको सदस्य कुँवरले कञ्चनपुरको महेन्द्रनगरस्थित स्वीट ड्रीम होटलमा सञ्चालन भइरहेको लागुऔषधसम्बन्धी प्रशिक्षण कार्यक्रममा गएर वडा अध्यक्ष रविन्द्र देवकोटालाई दूर्व्यवहार गर्दै कुटपिट गरेकी थिइन ।
देवकोटाक जाहेरीले अभद्र व्यवहारको मुद्दामा कुँवरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी नेत्र गिरीले जानकारी दिए । प्रहरीका अनुसार कार्यक्रममा एक वरिष्ठ सहायक निरीक्षकले प्रशिक्षण दिइरहेका बेला कुँवर अचानक भित्र छिरेर तपाई मसँग बाहिर हिड्नुस भन्दै दूर्व्यवहार सुरू गरेकी थिइन ।

सात मिनेट कार्यक्रम नै अवरूद्ध हुने गरी विवाद गरेर उनले वडा अध्यक्ष देवकोटामाथि हातपात गरेकी हुन । कुँवरले ठेकेदारको नम्बर नदिएको भन्दै वडा अध्यक्षमाथि दूर्व्यवहार गरेको भिडियोमा देख्न सकिन्छ । कुँवर यसअघि पनि पटक पटक प्रहरी हिरासतमा परेको पत्रकारहरूले बताएका छन । उनले केही दिनअघि मात्र पत्रकार आचारसंहिताको तालिम समेत लिएको पाइएको छ ।
कुँवरको दूर्व्यवहार भिडियोमा हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : June 21, 2026 at 7:30 pm









