१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

खेल मैदानमै दर्शकले रोनाल्डोलाई ‘बलत्कारी’मर भनेर अपमान गरेपछि…

९ फागुन, युराेप । च्याम्पियन्स लिगका सर्वाधिक सफल खेलाडी क्रिष्टियानो रोनाल्डोले युभेन्टसका लागि गोल गर्न नसकेका बेला खेल मैदानमै दर्शकले रोनाल्डोलाई ‘बलत्कारी’मर भनेर अपमान गरेका छन् । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को पहिलो लिगमा इटालियन क्लब युभेन्टस स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग २–० गोलले पराजित भएकाे थियाे ।

एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा प्यारापिटका दर्शकले घरेलु टोलीको समर्थनमा नाराबाजी गर्दा रोनाल्डोलाई बलत्कारी भन्दै अपमान पनि गरेका हुन् । प्यारापिटका दर्शकले खेल रोनाल्डोलाई ठूलो स्वरमा ‘बलात्कारी रोनाल्डो’ र ‘तिमी मर’ भन्दै नाराबाजी गरेका थिए । जब रोनाल्डो मैदानको लाइन नजिक पुग्थे, घरेलु समर्थकले रोनाल्डोलाई लक्षित गरी चर्को नारा लगाइरहेका थिए । एजेन्सी

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार १९:२८