राहदानी भ्रष्टाचार मुद्दा : महानिर्देशक अर्यालसहित चार जना थप पाँच दिन हिरासतमै रहने
५ असार, काठमाडाैँ । विशेष अदातलले राहादानी छपाईको भ्रष्टाचारको अनुसन्धानमा पक्राउ परेका प्रतिवादीका लागि दोस्रो पटक थप पाँच दिनको म्यद दिएको छ । राहादानी छपाईको भ्रष्टाचारको अनुसन्धानमा पक्राउ परेका तिर्थराज अर्याल, सुनिल कुमार के.सी., तुल्सी प्रसाद आचार्य र मणिन्द्र मल्ललाई दोस्रो पटक पाँच दिन म्याद थप भएको हो ।

विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले पाँच दिनको समय थप गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसी जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल, राहदनी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति : June 19, 2026 at 6:00 pm









