४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

इ-पासपोर्ट खरिद प्रकरणः आरजु राणा पनि अख्तियारको अनुसन्धान दायरामा

४ असार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इ-पासपोर्ट खरिद प्रक्रियामा पूर्व परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ। अख्तियारको अनुसन्धान टोलीले मंगलबार बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर बयानका लागि हाजिर हुन आउनु भनी म्याद तामेल गरेको हो ।

dainiki.com

सूचना टाँसेको मितिले बाटोको म्यादबाहेक ३ दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ । सूचनामा भनिएको छ, यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकोले यो सूचना बुझेको वा तपाईँको घरदैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक ३ (तीन) दिनभित्र यस आयोगको महाशाखा नं. १२, कोठा नं. १२ टंगाल, काठमाडौंमा उपस्थित हुन आउनु होला, नआए कानुन बमोजिम हुनेछ ।

प्रकाशित मिति : June 18, 2026 at 2:25 pm