१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

मन्त्रीको निर्देशनः धर्तीमा जाहाँ छ खोजेर ल्याउनु काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु

१ असार, काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले धर्तिमा जहासुकै रहेको भए पनि खोजेर ल्याएर काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका छन । लम्सालले निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा यस्तो निर्देशन दिएका हुन ।

आइतबार मुग्लिङदेखि नागढुंगा सडकखण्डको निरीक्षणका क्रममा मन्त्री लम्सालले सडकमा रहेको बिजुलीको पोल हटाउन ढिला गर्ने ठेकेदारप्रति यस्तो आक्रोश व्यक्त गरेका हुन् । निर्देशन दिँदै मन्त्री लम्सालले भनेका छन्, ‘यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धरतीमा कहाँ छ, खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’

अनुगमनमा धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र आयोजना प्रमुखलगायतका सरोकारवाला अधिकारीहरू रहेका थिए ।

प्रकाशित मिति : June 15, 2026 at 12:52 pm