३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

लिग बिजेता साउदर्न नाइटस क्रिकेट क्लबद्वारा खेलाडीहरुको सम्मान, बर्ष खेलाडी गोविन्द कार्की

एडिलेड । साउदर्न नाइटस क्रिकेट क्लब एडिलेडले  खेलाडीहरुको सम्मान गरेको छ । यस बर्षको साउथ अष्ट्रेलियाको एन्का सुपर लिग बिजेता क्लवले एक सम्मान साँझको आयोजना गरि सम्मान गरेको हो ।

क्लवले २०२५/०२६ को क्रिकेट सिजनमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई विभिन्न विधामा सम्मान गरेको थिए । जसमा बर्ष खेलाडी गोविन्द कार्की भएका छन् । उनले क्लवका कप्तान हुन्।  उनलाई क्लवले ट्रफी र अष्ट्रेलियन डलर ५०० ले सम्मान गरेको थियो ।

कार्यक्रममा वेस्ट फिल्डर संगम गौतम, बेस्ट व्याट्स म्यान गोबिन्द कार्की, वेस्ट अलराउन्डर अंकित श्रेष्ठ, वेस्ट बलर जीबन्त सापकोटा,  इलेक्ट्रिफाइङ पर्फर्मेन्स अफ दि इयर निराजन पाण्डे, डेब्यु सिजन स्टार अवार्ड मिलन महर्जन लाई सम्मान गरिएको थियो । भने खेल र खेलाडीको हौसला बढाउन मैदानबाहिरबाट अमूल्य योगदान पुर्‍याउने सचिन बस्नेतलाई यस वर्षको सपोर्टर अफ दि इयरअवार्डद्वारा सम्मान गरिएको थियो ।

नेपाली राष्ट्रिय टिम (यु १७ र १९) का पुर्व खेलाडी प्रेम चौधरीलाई क्लवले सम्मान गरेको छ । चौधरीलाई साउदर्न नाइटस क्रिकेट क्लब  बिकाश सुवेदी, क्लवका अगुवा धिरज ज्ञवालीले खादा र मायाको चिनो सहित सम्मान गर्नु भएको थियो। ज्ञावालीले चौधरीको खेल गतिविधी माथी प्रकाश पार्नु भएको थियो।

कार्यक्रमलाई सम्वोधन गर्दै एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का) अध्यक्ष विजय जोशीले सम्मानितहरुलाई बधाई दिदै क्लवले एन्का लिग सहित विभिन्न खेलमा गरेको प्रदर्शन गरेको प्रशंसा गरेका गर्नु भएको थियो  । जिबन्त सापकोटाको संचालन रहेको कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष बिकास सुवेदीले गर्नु भएको थियो ।  कार्यक्रम समापन गर्दै अध्यक्ष सुवेदीले क्लवलाई यहाँ सम्म ल्याउन मेहनत गर्ने खेलाडी, कोच, सौजन्य कर्ता व्यवसायी, खेलाडीका परिवार, मिडिया सहित सहयोगहरुमा धन्यवाद ज्ञापन गरेका गर्नु भएको थियो ।

Screenshot

व्यक्तित्व परिचय – प्रेम चौधरी

प्रेम चौधरी नेपालको धनगढीमा सन् १९८५ मा जन्मिनुभएको एक प्रतिभाशाली क्रिकेट खेलाडी तथा खेलकुद अभियन्ता हुनुहुन्छ। उहाँले सानै उमेरदेखि क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको प्रतिनिधित्व अन्तर्राष्ट्रिय स्तरमा गर्नुभएको छ। सन् २००० मा पाकिस्तानमा आयोजित ICC Under-17 एशिया कपबाट अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गर्नुभएका उहाँले त्यसपछि सन् २००२ मा न्युजिल्याण्डमा भएको ICC Under-19 विश्वकप, सन् २००३ मा पाकिस्तानमा भएको ICC युथ एशिया कप , सन् २००४ मा बंगलादेश तथा सन् २००६ मा श्रीलंकामा आयोजित ICC Under-19 विश्व कपमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो। लगातार तीन ICC प्रतियोगितामा सहभागिता जनाउने थोरै नेपाली खेलाडीहरूमध्ये उहाँ एक हुनुहुन्छ।

क्रिकेट करियरका क्रममा उहाँले महत्वपूर्ण खेलहरूमा उत्कृष्ट योगदान दिनुभएको छ। विशेषगरी बलियो न्युजिल्यण्ड टोलीविरुद्ध Plate Championship Finals मा मध्यक्रममा महत्त्वपूर्ण २६ रन बनाउँदै बसन्त रेग्मीसँग मिलेर जित दिलाउने साझेदारी गर्नुभएको उपलब्धि उल्लेखनीय मानिन्छ।

अष्ट्रेलिया बसाइपछि पनि उहाँ नेपाली क्रिकेटको विकासमा निरन्तर सक्रिय रहनुभएको छ। विशेषगरी एडिलेड र क्यानबेरामा नेपाली समुदायबीच क्रिकेटको विस्तार र विकासमा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ। साथै, उहाँ NRNA Sports Committee को शुरुका दिनमा सदस्यका रूपमा समेत योगदान पुर्‍याउनुभएको छ।

प्रेम चौधरी खेलकुदमा समर्पण, नेतृत्व क्षमता र नेपाली क्रिकेटप्रतिको निरन्तर योगदानका कारण नेपाली खेलकुद क्षेत्रमा प्रेरणादायी व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ।

प्रकाशित मिति : June 13, 2026 at 9:22 am