काभ्रेमा बस दुर्घटना, ७ जनाकाे मृत्यु
२९ जेठ, काठमाडौँ । काभ्रेको बुच्चाकोटमा बस दुर्घटना भएकाे छ ।
दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेलाई उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका९२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ
प्रकाशित मिति : June 12, 2026 at 3:29 pm









