सेयर बजारमा कृत्रिम करोबार गरेर ठगी गर्ने ८१ अभियुक्तविरूद्ध मुद्दा
२९ जेठ, काठमाडौँ । सेयर बजारको कृत्रिम कारोबार गरेर सर्वसधारणलाई ठग्न पब्लिक कम्पनीको पैसा दुरूपयोग गर्ने ८१ जना अभियुक्तविरूद्ध सरकारले मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालत काठमाडौँमा विवादित व्यवसायी एवं विचौलिया दिपक भट्ट, व्यवसायी शेखर गोल्छा र सुलभ अग्रवालसहित ८१ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
बिहीबार नेपाल धितोपत्र बोर्डको जाहेरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दायर भएको हो ।

इन्फिनिटी होल्डिङ्सका सञ्चालक दिपक भट्ट, हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शुलभ अग्रवाल, हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छासहित ८१ जना उच्च घरानाका व्यवसायी तथा बीमा कम्पनीका सञ्चालकहरूलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ ।
उनीहरूले संगठित रूपमा सेयर बजारमा अप्राकृतिक हस्तक्षेप गरी एउटै समूहबिच सेयर घुमाएर कृत्रिम तथा झुठो कारोबार खडा गरेको र सर्वसाधारण लगानीकर्तालाई भ्रममा पारेर ठगेका थिए । ८१ जनालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूर गरेकाले सोही अुनसारको विगो, जरिवाना र कैदको माग गरिएको छ ।
प्रतिवादीहरूको तीन पुस्ते विवरण यहाँ प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : June 12, 2026 at 6:01 am









