२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

पिएसबी अध्यक्षको छोटो सूचीमा राविको भाउजु छुट्दा अध्यादेशले जागिर गुमाएका प्राथमिकतामा

२८ जेठ, काठमाडौँ । सार्वजनिक सेवा प्रशारण नेपाल (पिएसबी)को अध्यक्षमा छोटो सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भाउजु पुनम पाैडेलसहित १८ जना छुटेका छन । मन्त्रालयको छनाैट समितिले बिहीबार १० जनाको नाम सार्वजनिक गरेको छ ।

मन्त्रालयले बिहीबार गोविन्द भण्डारी अखण्ड, चिन्तामणि बराल, नवराज सापकोटा, पुष्करराज गौतम, बुद्धिबहादुर केसी, भुवनप्रसाद आचार्य, मनोहरी थापा लक्ष्मण हुमागाइ, विश्वराज खनाल र हिक्मतबहादुर रावल रहेकाछन ।

२८ जनाको दरखास्त स्वीकृत भएकोमा २ जना महिलाको रहेको थियो । दुबै महिला छोटो सूचीमै छुटाइएका छन । दरखास्त दिने पत्रकार महिलामा रविको भाउजु पौडेलसँगै कुमारी निमा काफ्ले रहेकी थिइन ।

सरकारले पिएसबीको अध्यक्षमा गोविन्द भण्डारी अखण्ड र लक्षम्मण हुमागाइँ मध्ये एक जना छान्ने तयारी गरेको बजार हल्ला छ त्यसका लागि बिहीबार १० जनाको छोटो सूची सार्वजनिक गरेको छ । छोटो सूचीमा परेकाहरू प्रायले शक्तिकेन्द्र धाएर आफू रास्वपाको सबैभन्दा अशल कार्यकर्ता रहेको दाबी प्रस्तुत गर्न थालेका छन ।

भण्डारी र हुमागाइ दुबै अध्यक्षादेशबाट जागिर गुमाएका पात्र हुन । सरकारले ल्याएको अध्यादेश मार्फत गोरखापत्र संस्थानको अध्यक्षबाट भण्डारी र विज्ञापन बोर्डको अध्यक्षबाट हुमागाइ पदमुक्त भएका थिए । दुबै जना नियुक्तिका लागि रास्वपा निकट भैसकेका पात्र हुन । यद्यपी प्राविधिक रूपमा प्रस्तुतीकरणको विषय पनि राखिएकोले अब अन्तिम तीन जनामा को को पर्छन भन्ने प्रतिक्षाको विषय बनेको छ ।

छोटो सूचीमै  फ्याँकिएपछि पत्रकार पुनम पाैडेलले असन्तुष्टि जनाएकी छिन । फेसबुक मार्फत पौडेलले असन्तुष्टि व्यक्त गरेकी हुन । पौडेलले कसैको छवि जोगाउने नामममा व्यवसायिक मानिसलाई बलिको बोको बनाउन बन्द गर्न अनुरोध समेत गरेकी छिन । बिहीबार राति छोटो सूची सार्वजनिक भएसँगै पौडेलले आफ्नो प्रतिक्रिया राख्दै पिएसबीको अध्यक्षमा खुला प्रतिस्पर्धाको नाटक गरिएको दाबी प्रस्तुत गरेकी छिन ।

उनले घण्टी पार्टीको सुशासन र निष्पक्षता देखिएको भन्दै तीन प्रश्न समेत गरेकी छिन । पुनमले कुनै पार्टीमा संलग्न नभएको भनेर आवेदन फाराममा सहि छापको नाटक किन गर्न लगाएको ? आखिर पार्टीका चाकर र दासहरुलाइ नै ल्याउनु थियो भने ? अझ घन्टी पार्टीकै खुलेआम सदस्यलाई नै ल्याउनु छ भने आवेदनको नाटक गर्न लगाएर मानिसको समय किन बर्बाद गरेको ? भन्दै प्रश्न गरेकी छिन ।

प्रकाशित मिति : June 11, 2026 at 11:14 pm