सातामा २ दिन बिदाको पुनर्विचार गर्दै कोशी सरकार, मुख्यमन्त्री कार्कीले मागे सुझाव
२४ जेठ, काठमाडाैं। कोशी प्रदेश सरकारले साताको २ दिने बिदालाई पुनर्विचार गर्न गृहकार्य थालेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसका लागि सुझाव मागेका छन् ।

कार्कीले लेखेका छन्- कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत कार्यालयलाई हप्ताको ६ दिन नै कार्यदिन बनाएर (साबिक झैँ बिदा शनिबार १ दिन मात्रै) कायम गर्दा कस्तो होला ? हप्ताको ५ दिन मात्रै काम गर्दा कार्यदिन नपुग्ने र खर्च तथा इन्धन बचतमा खासै उपलब्धि देखिएन । यहाँको सुझाव पाउँ !

प्रकाशित मिति : June 7, 2026 at 3:37 pm









