२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

१२ सिडिओको सरूवा, को कहाँ पुगे ?

२३ जेठ, काठमाडौँ । गृह मन्त्रालयले १२ प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ । राजदूतमा दरखास्त हालेर मुख्यसचिव वा राजदूत मध्ये एक बनाउन भनेर भनसुनमा सक्रिय रहेका उपराष्ट्रपति कार्यालयका सचिव डा कृष्णहरि पुष्करमाथि प्रहरी नै लगाएर कारबाही गराएका प्रधानमन्त्रीको सिडिओ सरूवमा पनि रूची देखिएको छ ।

उनले उक्त प्रकरण लगत्तै १२ सिडिओको जिम्मेवारी हेरफेर गरेर सरूवा गरेका छन । गृहमन्त्री समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनको निर्णय अनुसार १२ सिडिओको सरूवा भएको हो ।

इश्वरी प्रसाद अर्याललाई स्याङ्जाबाट संखुवासभा पठाइएको छ । यस्तै संखुवासभाबाट सिर्जना थपलियालाई अध्यागम विभागमा सरूवा गरिएको छ । बालेनले १२ सिडिओ सहित १८ जना सह-सचिवहरूको सरुवा तथा पदस्थापन गरेका हुन । निर्णयको विस्तृत विवरण तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : June 6, 2026 at 6:59 am