रास्वपाका सांसद सागर ढकाल र सुशान्त बैदिक सवार गाडी दुर्घटना
२२ जेठ, गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकाल र सुशान्त बैदिक सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ ।
सांसद ढकाल सवार बा ०१–०२९ च ७३४३ नम्बरको बिवाइडीको कार रेसुंगा नगरपालिका–४ रैंदीमा दुर्घटनामा परेको हो । चालकसहित ३ जना सवार गाडी सडकको लाइनबाट केही बाहिर भीरमा पुगेर अड्किएको छ । सबैजना सुरक्षित रहेको सांसद ढकालले जानकारी दिएका छन ।

गाडीमा ढकाल र वैद्धिसँगै आरपी महतो पनि थिए । गाडी सुरक्षित रहेकाले सोही गाडीमा काठमाडाैँ फर्किरहेको ढकालले बताएका छन ।

प्रकाशित मिति : June 5, 2026 at 7:32 pm







