सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन समितिले प्रधानमन्त्रीलाई बुझायो
२२ जेठ, काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले छानबिनको प्रक्रिया सकेर प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको जानकारी दिए ।
कूल ४५ पृष्ठ लामो उक्त प्रतिवेदन तयार पार्नुअघि समितिले तत्कालीन गृहमन्त्री गुरुङसँग बयानसमेत लिएको थियो। बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्ने तथा उनको सम्पत्ति विवरण र सेयर लगानीबारे सूक्ष्म अध्ययन गरेको जनाएको छ।
वैशाख २८ गतेको मन्त्रिपरिषद बैठकले गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए ।
प्रकाशित मिति : June 5, 2026 at 4:16 pm









