२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

देशको नेतृत्व गर्ने व्यक्ति परिपक्व हुनुपर्छः राजेश हमाल

२२ जेठ, काठमाडौं । अभिनेता राजेश हमालले राष्ट्रको नेतृत्व गर्ने व्यक्ति परिपक्व हुनुपर्ने बताएका छन् । शुक्रबार सीमाका विषयमा सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै राजेशले यस्ताे बताएका हुन्। उनले आजको जटिल विश्व राजनीतिक परिवेशमा राष्ट्रको नेतृत्व गर्ने व्यक्ति परिपक्व, अनुभवी र दूरदर्शी हुनुपर्ने बताएका छन्।

राजेशले लेखेका छन्ः ‘आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ।’

उनले नेपालको सीमा सम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य-प्रायोजित भू-अतिक्रमण’ फरक विषय भएको बताएका छन्।

 

प्रकाशित मिति : June 5, 2026 at 1:48 pm