सगरमाथा क्षेत्रमा बेपत्ता गाइड दावा शेर्पा ६ दिनपछि जीवितै भेटिए
२१ जेठ, काठमाडौं । सगरमाथा क्षेत्रमा बेपत्ता ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि फेला परेका छन् । खोजी टोलीले आज बिहान उनलाई खुम्बु आइसफल क्षेत्रमा भेटाएको हो ।
सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का कामदाहरुले उनलाई आइसफल क्षेत्रबाट आधार शिविरतर्फ घस्रिदै आइरहेको अवस्थामा फेला पारेर उद्दार गरेको हो । उनलाई अल्टिच्युड एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइँदैछ ।
दावा यही जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए । उनको खोजीमा एटके एक्सपिडिसनका एमडी शेर्पाले आफ्नै खर्चमा अल्टिच्युड एयरको हेलिकोप्टरसहितको टोली परिचालन गरेका थिए । आज उनलाई फेला पारेर आधार शिविर हुँदै उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
प्रकाशित मिति : June 4, 2026 at 11:49 am









