पिएसबीको अध्यक्षमा रविको भाउजुदेखि एमालेका नाममा अघाएकासम्मको दरखास्त
१९ जेठ, काठमाडाैँ । सार्वजनिक सेवा प्रसारण (पिएसबी) को अध्यक्ष पदमा २८ जनाको दरखास्त परेको छ । सूचना तथा सञ्चार मन्त्रालयले २८ जनाको दरखास्त स्वीकृत भएको सूचना जारी गरेको छ ।
अध्यक्षको प्रतिस्पिर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भाउजु पुनम पाैडेलदेखि एमालेका नाममा नियुक्ति खाएर अघाएकासम्म रहेका छन। पाैडेल लामो समय टेलिभिजन पत्रकारिता गरेको व्यक्ति हुनुहुन्छ ।

अध्यक्षको प्रतिस्पर्धामा वर्तमान सरकारले गोरखापत्र संस्थाको अध्यक्षबाट पदमुक्त गरेका गोविन्द भण्डारी पनि रहेका छन । प्रतिस्पर्धामा एमालेका नाममा पटक पटक नियुक्ति खाएका लक्ष्मण हुमागाई, अम्मरध्वज लामा, कुमारी निमा काफ्ले, शरदचन्द्र अधिकारी लगायत पनि प्रतिस्पर्धामा छन ।
मन्त्रालयले २०८३ जेठ ९ गते सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा दरखास्त आह्वान गरेको थियो ।
यी हुन अध्यक्षमा दरखास्त दिएकाहरू

प्रकाशित मिति : June 2, 2026 at 7:03 am









