१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

काठमाडौंको स्यूचाटारमा एआई कम्प्युटर सेन्टर स्थापना गरिने

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन् ।

काठमाडौँमा देशकै पहिलो सार्वभौम एआई कम्प्युटर केन्द्र स्थापना गर्ने घोषणा बजेटमार्फत गरिएको छ । त्यस्तै, हजारौँ एआइ प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी तथा स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युटर क्षमता उपलब्ध गराइनेछ ।

एआई क्षेत्रमा अन्तरराष्ट्रिय ख्याति प्राप्त कम्तीमा १५ जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिपमार्फत नेपाल फर्काएर योगदान गर्न आमन्त्रण गरिने बजेटमा उल्लेख गरिएको छ । गणितलगायत एआइसँग सम्बन्धित विषयको शैक्षिक विकासलाई पनि उच्च प्राथमिकतामा राखिएको छ ।

प्रकाशित मिति : May 29, 2026 at 5:15 pm