१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

सामसङ नेपालको ‘सामसङ सेभिङ डे’ अफर: होम अप्लायन्समा २३% सम्म छुट र २४ महिनाको इएमआइ

१० जेठ, काठमाडाैं । सामसङ नेपालले “Samsung Saving Days” अफर घोषणा गरेको छ, जसको अन्तर्गत वासिङ मेशिनर रेफ्रिजरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध छ।

यो अफर बजेट धेरै नबढाइ आवश्यक होम अप्लाएन्सहरु अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको हो। यो क्याम्पेन मे २१ देखि जुलाई १९, २०२६ सम्म लागु हुनेछ, जसले गर्दा गर्मी महिनामा सजिलै र सहज रूपमा घर अपग्रेड गर्न सकुन्।

यो अफर अन्तर्गत ग्राहकहरूले छानिएका वासिङ मेशिनमा २३% सम्म र रेफ्रिजरेटरमा १७% सम्म छुट पाउन सक्छन्। साथै, २४ महिनासम्मको extended EMI सुविधा पनि उपलब्द छ, जहाँ वासिङ मेशिनको किस्ता मासिक रु १,३७० देखि र रेफ्रिजरेटरको किस्ता मासिक रु १,४०८ देखि सुरु हुन्छ।

यसले महिनाको किस्ता कम हुने भएकाले घरको बजेटमा सहजै मिल्ने बनाउदै चाहिने होम अप्लाएन्स अपग्रेड गर्न सजिलो बनाउँछ।

Washing Machine Offers available:

सेग्मेन्ट क्षमता क्यासब्याक (सम्म)
AI EcobubbleTM Washer Dryer ९–११ Kg २३%
AI EcobubbleTM Front Load ९–१२Kg २२%
Fully Automatic Top Load ८ Kg १२%
Semi-Automatic Top Load ७ Kg १२%

Refrigerator Offers available:

सेग्मेन्ट क्षमता क्यासब्याक (सम्म)
SBS ७००L ११%
5 in 1 ३५०L – ४१९L १५%
Double Door २५३L – २७५L १७%
Single Door १९२L – २३०L १५%

साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको EMI योजनामा उपकरणहरू खरिद गर्न सक्नेछन्, जसले फाइनान्स प्रक्रियालाई अझ सहज बनाउनेछ ।

नयाँ सामसङ होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले ArkoStore मार्फत वा नेपालभरका आधिकारिक सामसङ रिटेल स्टोरहरूबाट आफ्ना पुराना उपकरणहरू साटासाट (Exchange) गर्न सक्नेछन् ।

अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको आधिकारिक सामसङ स्टोरमा गई विस्तृत जानकारी लिन सक्नेछन् ।

प्रकाशित मिति : May 24, 2026 at 11:06 am