एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी
८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार वैद्य र प्रधान भारी मतान्तरले विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित सुरकृष्ण वैद्यले ५६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र सघईले ३० मत प्राप्त गरे। त्यस्तै, कोषाध्यक्षमा प्रधान ६१ मतसहित विजयी हुँदा उनको प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले २५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : May 22, 2026 at 4:18 pm









