६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

दुर्गा प्रसाईं पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ

६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ । प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको हो ।

इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग प्रसाईँमाथिको अनुसन्धानको फायल पेस गर्न पनि आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न सोमबार वीरगञ्जबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति : May 20, 2026 at 5:54 pm