६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सांसदलाई सभामा मर्यादित भई प्रस्तुत हुन सभामुखको आग्रह

६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउन थाल्नुभएको छ ।

बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । तत्पश्चात् सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन र प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै अभद्र व्यवहार नगर्न आग्रह गर्नुभयो ।

सो पार्टीका अध्यक्ष हर्कराज राईले जनताको प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताउनुभयो ।

प्रकाशित मिति : 11:43