सर्वोच्चकी न्यायाधीश सपना मल्ल बसिन् २० दिन बिदामा
६ जेठ, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बस्नुभएको छ । प्रधानन्यायाधीश मनोशकुमार शर्मा नियुक्त भएपछि असन्तुष्ट रहनुभएकी मल्ल २० दिन बिदामा बस्नुभएको हो ।
सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिनुभएको हो । यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि बरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। तर संवैधानिक परिषदले आफूभन्दा जुनिएर डा। शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उहाँ असन्तुष्ट हुनुहुन्थो ।
डा। शर्माले मंगलबार संसदीय सुनुवाइको प्रक्रिया सकेर सोही दिन नै शपथ ग्रहण गरी पदभार ग्रहण गरिसक्नुभएको छ । शर्माको शपथ ग्रहण समारोहमा मल्ल उपस्थित हुनुभएको थिएन् ।
प्रकाशित मिति : May 20, 2026 at 11:36 am









