२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले आज मलेसियासँग खेल्दै

७ फागुन, काठमाडाैँ । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सोमबारदेखि थाइल्यान्डमा सुरु भएको छनोटको यो पहिलो खेल हो । नेपाल र मलेसियाबीचको खेल ८ बजेर १५ मिनेटमा सुरु हुँदैछ ।

थाइल्यान्डको बैंककस्थित तेर्दथाई क्रिकेट मैदानमा हुने खेलमा नेपाल स्पष्ट जितको खोजीमा छ । नेपालले आजको खेलमा मलेसियालाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ । दोस्रो खेल २१ तारिखमा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने नेपालले २२ तारिख यूएई र २४ तारिख हङकङसँग खेल्नेछ । २५ तारिखमा चीनसँग खेल्ने नेपालले अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार ०९:२८