४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

वायुसेवा निगमको सञ्चालक समितिमा नियुक्तिका लागि ५ जनाको नाम छनोट

४ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नियुक्तिका लागि पाँच जनाको नाम छनोट गरेको छ।

मन्त्रालयले आवेदन दिएकाहरूमध्येबाट शैक्षिक योग्यता र अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्ता पश्चात ५ जनालाई छनोट गरेको हो। डाक्टर दिपकप्रसाद बाँस्तोला (कास्की), प्रविन भट्टराई (चितवन), महेश्वरभक्त श्रेष्ठ (ललितपुर), रूपा लामिछाने (काठमाडौं) र लिलाराज ढकाल (स्याङ्जा) छनोटमा पर्नुभएकाे छ ।

मन्त्रालयले निगमको सञ्चालक सदस्यका लागि वैशाख १२ गते गोरखापत्रमा ७ दिने सार्वजननिक सूचना प्रकाशित गरेको थियो। जसमा २७ जनाले आवदेन दिएका थिए।

प्रकाशित मिति : 18:33