संसद्मा निदाएको आरोपबारे अर्थमन्त्रीले भनेः फोनमा इमर्जेन्सी म्यासेज हेर्दै थिएँ
२९ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सामाजिक सञ्जालमा अर्थमन्त्री संसद्मा निदाएको’ भन्दै भाइरल भएको विषयबारे स्पष्टीकरण दिनुभएकाे छ ।
हिजो राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै गर्दा अर्थमन्त्री संसद्मा निदाएको भन्दै भिडिओहरु भाइरल भएपछि उहाँले साे आरोप खण्डन गर्नुभएकाे हाे ।
मन्त्री वाग्लेले भन्नुभयाे, ‘राष्ट्रपतिको अगाडि फोन उठाएर हेर्नु शोभनीय नहुने भएकाले यसरी टेबुलमुनि फोन राखेर म्यासेजहरु हेरिरहेको थिएँ । अर्थमन्त्री निदायो भनेर दशौं लाखलाई रमिता भएको छ । अर्थमन्त्री निदायो भनेर एकदम भाइरल भएको छ । जे देखिन्छ त्यही यथार्थ नहुन पनि सक्छ । एकदम गम्भीर दुरगामी निस्कर्षमा पुगिनहाल्नुहोला।’
प्रकाशित मिति : 14:20









